अमेरिकाका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्प र कमला ह्यारिसबीच आज बहस हुँदै

एजेन्सी । अमेरिकामा आज दोस्रो चरणको राष्ट्रपतीय बहस हुँदैछ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमने सामने हुन लागेका हुन् । बहस फिलाडेल्फियामा राति ९ बजे सुरु हुने तालिका छ । 

एबीसी टेलिभिजनबाट प्रसारण हुने दोस्रो बहस एबीसी न्यूज लाइभ, डिज्रुनी प्लस र ’हुलु’बाट ’लाइभस्ट्रीम’ हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आजको बहसलाई सञ्चालकद्वय डेभिड म्युर र लिन्जी डेभिसले सञ्चालन गर्ने छन् । दुवै एबीसीका समाचारमूलक कार्यक्रमका प्रस्तोता हुन् ।

बहस टेलिभिजनमा व्यापक रूपमा हेरिने अपेक्षा छ । बहसले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्ने सामाचारमा उल्लेख गरिएको छ । कमला ह्यारिस कुशल बहसकर्ता मानिन्छिन् । डोनल्ड ट्रम्पले पनि सन् २०१६ र २०२० मा आफूलाई बलियो प्रतिद्वन्द्वी साबित गरेका छन् ।

यो सन् २०२४ को दोस्रो राष्ट्रपतीय बहस हो । राष्ट्रपति जो बाइडनले चुनावबाट बाहिरिने निर्णय गर्नुअघि जुन महिनामा उनी र डोनल्ड ट्रम्पबीच पहिलो बहस भएको थियो । 

प्रतिक्रिया