स्पेनका प्रधानमन्त्री सान्चेजको चीनका राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गरेका छन् । 

सोमबार भएको भेटमा स्पेनका प्रधानमन्त्री सान्चेजले बेइजिङ र युरोपियन युनियनबिचको गतिरोधका बावजुद चीनसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ‘निष्पक्ष व्यापार व्यवस्था’का लागि आह्वान गरेका छन् । 

सान्चेजले सोमबार नै अपराह्न बेइजिङस्थित सुसज्जित ‘ग्रेट हल अफ द पिपुल’मा स्थानीय समकक्षी ली कियाङलाई भेटेर स्पेनले चीनसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताएका थिए ।  सान्चेज भ्रमणको क्रममा साङ्घाई पनि जाने कार्यक्रम रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

साङ्घाईमा उनले स्थानीय अधिकारी र व्यवसायीलाई भेट्नुका साथै नयाँ सेर्भान्टेस इन्स्टिच्युट सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा आयोजित एक मञ्चमा सान्चेजले चीन र स्पेनबिचको ‘बलियो सम्बन्ध’को प्रशंसा गरेका थिए । उनले  सकारात्मक एजेन्डा विकास गर्न र सबै पक्षलाई फाइदा हुने गरी सहमतिको समाधान खोज्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

सान्चेजले बेइजिङ्मा ‘स्पेन–चाइना बिजिनेस एडभाइजरी काउन्सिल’ का पदाधिकारीसँग भेटवार्ता गरेका थिए । 

प्रतिक्रिया