कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ: अध्यक्ष दाहाल

सुनसरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चतराक्षेत्रमा कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

आज उदयपुरको बेलका नगरपालिकास्थित श्री वरपिपल माध्यमिक विद्यालय कमलाबारीको शैक्षिक भवनको उद्घाटन गर्दै उनले कोशी नदी किनारमा पर्यटनको सम्भावना रहेको उल्लेख गरेका हुन् ।

उनले त्यस क्षेत्रमा उद्योग व्यवसायको उत्तिकै सम्भावना रहेकाले समग्र विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।“

हुन त म अहिले प्रधानमन्त्री छैन, तर पनि विपक्षी दलको नेता भएकाले आफूले गर्ने सहयोगको ठाउँहरु अहिले पनि भएकाले सुनसरीको बराहक्षेत्र चतरा कोशी आसपासमा पर्यटन प्रवर्द्धनको विकासमा सक्दो सहयोग गर्नेछु”, अध्यक्ष दाहालले बताए ।

रासस

प्रतिक्रिया