प्रधान सेनापतिमा महारथी सिग्देल नियुक्त

 काठमाडौँ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति पौडेलले सिग्लेललाई दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेका हुन् ।

सोही अवसरमा राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधान सेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको हो ।

सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ ।

त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गर्नुका साथै जङ्गी अड्डामा पद बहाली गरी कार्यभार सम्हाल्नु भएको छ ।विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मनुभएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका हुन् ।

गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

रासस

प्रतिक्रिया