५६ वर्षीय राजाको १६ औं पत्नी भएर भित्रिइन २१ वर्षीया जुमा

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाकी २१ वर्षीया छोरीले ५६ वर्षीय ईस्वातिनी राजा मस्वातीसँग लगन गाँठो कसेको विषय अहिले चर्चामा छ ।  

दक्षिण अफ्रिकामा अहिले पनि राजतन्त्र रहेको छ ।  २१ वर्षीया नोम्सेबो जुमा र राजा मस्वाती तृतीयको बिवाह केही दिन अघि मात्रै भएको हो । 

५६ वर्षीय राजाको नोम्सेबो १६ औं श्रीमति हुन् । यस अघि इस्वातिनी राजाले १५ पटक विवाह गरेका थिए । जुमा र इस्वातिनी राजा मस्वातीबिच ३५ वर्षको उमेर फरक रहेको छ । त्यसकारण पनि यो बिवाह चर्चामा छ । यो बिवाहमा ८ दिनसम्म नाँचगान र भोज भतेर चलेको थियो । ५६ वर्षीय राजाकी १६ औं पत्नी २१ वर्षीया नोम्सेबो जुमाले नांगो छाती खोलेर राजाका लागि गीत गाउन र नाच्न भेला हुने परम्परागत नारीत्वको संस्कार रीड नृत्य प्रस्तुत गरेकी थिइन् ।

सन् २००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति रहेका ज्याकोब जुमा र राजा मस्वाती विवाह पश्चात नातेदार बनेका छन् । पहिले स्वाजिल्याण्डको नामले चिनिने इस्वातिनीको जनसंख्या ११ लाख छ र यो एचआइभी÷एड्स संक्रमण विश्वकै उच्च भएको स्थानमा गनिन्छ । 

लगभग पूरै दक्षिण अफ्रिकाले घेरिएको इस्वातिनीमा राजाका विरोधीहरूमाथि गरिएको कठोर व्यवहारको पनि आलोचना हुने गरेको छ । 

प्रतिक्रिया