लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध

धादिङ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिराले अवरुद्ध भएको छ ।धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फि अवरुद्घ भएको हो ।

लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जिम लेदोमा फसेको छ ।निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्घ हुँदा सवारीको जाम लागेको छ ।

काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन् ।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उनले बताए ।

रासस

प्रतिक्रिया