सामाजिक सद्भाव कायम राख्न जेष्ठ सदस्यको ठूलो योगदान: अध्यक्ष लिङ्गदेन

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज यहाँ ज्येष्ठ सदस्यलाई सम्मान एवं पार्टी प्रवेशीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० बर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन  ठूलो योगदान रहेको बताए ।उनले भने, “मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको छ ।

अध्यक्ष लिङ्गदेनले पार्टीको मुख्य उद्देश्य देश र धर्म जोगाउनु रहेकाले पार्टीमा लाग्दा कोही कसैलाई कुनै पश्ताचाप नहुने विचार राखेका छन् ।पार्टीलाई शक्तिशालीे बनाउन गाउँगाउँमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्न अहिलेदेखि जनताका ज्वलन्त समस्या उठान गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा एक सय ७५ पार्टीका ज्येष्ठ सदस्यलाई सम्मान एवं विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको छ ।

रासस

प्रतिक्रिया