बालेनले नेतृत्व गरे नेपाल बंगलादेश बन्छ : नेता ढकाल

काठमाडौं । नेपाली कांग्रेसका नेता लोकेश ढकालले अहिलेको जस्तो कांग्रेस नेपाललाई नचाहिने बताएका छन् । 

एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम बिशेष संवादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकाकानी गर्दै नेता ढकालले अहिलेको जस्तो पथ भ्रष्ट कांग्रेसले देश र जनताको हित नगर्ने दाबी गरे । एक प्रश्नको उत्तरमा नेता ढकालले काठमाडौं महानगरका हालका मेयर बालेन(बालेन्द्र) साहले नेतृत्व गरे बंगलादेशको जस्तै जनताको बिद्रोह हुनसक्ने बताए ।

कांग्रेसका दोस्रो तहका नेताहरुमा पनि देश बनाउने सोच नभएको भन्दै ढकालले कांग्रेस बेलैमा नसुध्रिए सकिने दाबी गरे । ढकालसँगको बिस्तृत कुराकानी आज सोमबार राति ९ बजे एभिन्यूज खबर टेलिभिजनमा प्रसारण हुनेछ । 

प्रतिक्रिया