इजरायली आक्रमणमा १६ जना सिरियाली मारिए

एजेन्सी । इजरायली सेनाले सिरियाको हामा प्रान्तको मस्याफ सहरमा गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । 

मध्य सिरियाका धेरै सैन्य अखडाहरुमा  इजरायली हवाई आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको र ३६ जना घाइते भएका  सिरियाली संचार माध्यमले जनाएका छन् । 

इजरायली सेनाले  आइतवार राति हामा प्रान्तको मास्याफमा  गरेको आक्रमणको सिरिया र इरानले भने निन्दा गरेका छन् । इजरायलले हालैका वर्षहरूमा सिरिया लक्षित आक्रमण गर्दै आएको छ । उसले छिमेकी देशमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहविरुद्ध कारबाही तीव्र पार्दै गएको छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि इजरायलले गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको थियो ।गत वर्ष अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि नै इजरायली हमलाहरू शसस्त्र समूहरु रहेका ठाउँहरुमा केन्द्रित छ । उसले हमास, हिजबुल्लाह तथा लेबनान र सिरियामा रहेका अन्य शसस्त्र समूहहरूमाथि कारवाही बढाएको छ ।  
 

प्रतिक्रिया