सरकारलाई रा.स्व.पा.को प्रश्न: नारा लगाएको भरमा कति युवालाई थुन्ने विचार छ ?

धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुन्न ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नारा लगाएको भरमा 'कति नेपाली युवालाई जेलमा थुन्ने विचार गरेको छ ?' भनी प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले गौरा पर्वको दिनमा टुँडिखेलबाट पक्राउ परेको तीन युवाहरूको भिडियो सेयर गरेपछि अर्का युवा पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

 “त्यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि एकजना युवाले सरकारविरुद्ध खबरदारी गर्दै सामाजिक सञ्जालबाट सेयर गरेछन्,” उनले भने, “सोही कारणले तानाशाही प्रवृत्ति देखाउँदै अहिले जेलमा राखेको रहेछ ।”

बैठक बोल्दै पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानबिन गर्न पनि माग गरे । करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेको गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै छानबिनको माग गरेका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताए । उनले भने, ‘“धनराज गुरुङ र ज्योति गुरुङबारे छानबिन हुन्छ कि हुँदैन । ठगी लुकाउन सम्बधविच्छेद गर्नुभएको कुरा आएको छ,” उनले भने, “सहकारी छानबिनको माग गर्दै रोस्ट्रम घेराउ गर्नुहुन्छ कि हुन्न ? कि दोहोरो चरित्र देखाउने हो ?”

प्रतिक्रिया