जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमबहादुर महर्जनले जनताको जनधनको संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै नदी किनारामा बस्दै आएका काठमाडौँवासीको संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको विशेष समयमा सांसद महर्जनले भाडा उठाएर जीविकोपार्जन गर्ने काठमाडौँवासीको कमजोर आर्थिक स्थितिप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै निष्पक्ष छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

उनले भने सामाजिक सञ्जालमा सरकारको गतिविधि गरेको आधारमा नागरिकलाई पक्राउ गर्न नहुने धारणा राखेका छन् । सांसद पराजुलीले  जिबी राईको लगानीबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । उनले भने नागरिकताको अधिकारबाट वञ्चित हुनु परेकाबारे ध्यानाकर्षण गराएका छन् ।

सांसद रोशन कार्कीले बागमती र सहायक नदीमा विगतमा निर्धारित मापदण्डमा दायाँबायाँ न्यूनतम अर्को थप २० मिटर क्षेत्र खाली गर्ने, निर्माण निषेधित क्षेत्र तोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताए ।

उनले भने, “यस फैसलाले हजारौँ जनताको भविष्य डुबानमा पर्छ । छिट्टै पुनरावलोकन हुनुपर्छ ।

रासस

प्रतिक्रिया