आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्छु: शशांक कोईराला

काठमाडौ । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन । आज काठमाडौंमा विश्वेश्वरप्रसाद कोईरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताएका हुन । नेता कोइरालाले विपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए ।  
नेता कोइरालाले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए । ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा विपीले जोड दिएएको स्मरण गर्दै उनले असल मान्छे हुन पनि कठिन रहेको बताए । सांसद कोईरालाले विपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गरे ।। 

कोइरालाले भने, 'बीपीको छोरो हुनेबित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँचचोटि त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्लाजस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले बीपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो– ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरि कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने, अरूहरूमा त्रुटि देख्छु । त्यसलाई कोट्ट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।'

प्रतिक्रिया