गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको रवि लामिछानेको स्विकारोक्ति

धनगढी  । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् । तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले  गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको उल्लेख गरका हुन । 

गलत ढंगले पैसा जानेमा भने आफ्नो संलग्नता नभएको सभापति लामिछानेको दाबी छ । आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी ग¥यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको पनि सभापति लामिछानेले उल्लेख गरे । संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास उनले व्यक्त गरे । सभापति लामिछानले सरकारको काम सन्तोषजनक नरहेको बताए । 

उनले सरकारको काम सन्तोषजनक नभएको बताए । “सरकारको काम सन्तोषजनक त छैन तर, हामी १०० दिनको समय दिन्छौँ,” उनले भने, “अहिले हेरिरहेका छौँ । १०० दिन पूरा भएपछि बोल्छौँ । सरकारले राम्रो गरोस् भन्ने चाहना छ । तर, त्यसखाले छनकचाहिँ देखिएको छैन ।”

प्रतिक्रिया