ओलीभन्दा बढी झुट बोल्ने सायद नेपालमा कोही छैन: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमा कोही नभएको’ बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको आरोप लगाए । 

‘ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा सन्दुक रूइत जानुभयो हामी गयौँ‚’ उनले भने‚‘लास्टमा म आउँदिन दीक्षान्त समारोह पछाडि सार भने ।’

 “देशको प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरदेखि गए । डा. सन्दुक रुइत जानुभयो । हामीहरू गयौँ । स्वास्थ्य सचिव जानुभयो । लास्ट आवरमा गएर के भन्नुभयो, म आउँदिनँ, दीक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो ?,” उनले भने ।
उनले उक्त समारोह तयारीको खर्च प्रधानमन्त्रीको व्यक्तिगत खर्चबाट असुलउपर गर्नुपर्ने बताए ।

प्रधानमन्त्री बिरामी भएको कुरा स्वीकार गर्न सकिने भन्दै उनले भने‚ ‘भ्युटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती पनि दिए ।

प्रतिक्रिया