अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गर्ने कांग्रेसको तयारी

काठमाडौ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गर्ने तयारी गरेकी छिन्। राजदूत समावेशी नभएकोमा समितिले सरकारको ध्यानाकर्षण गराएको भन्दै परराष्ट्र मन्त्री देउवाले अष्ट्रेलियाको राजदूतमा कांग्रेसकी यादवलाई सिफारिस गर्ने तयारी गरेकी हुन्।

राजदूत सिफारिस समावेशी नभएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, कांग्रेस पूर्वकोषाध्यक्ष, पूर्वशिक्षा मन्त्री, केन्द्रीय सदस्य पनि हुन्। सरकारले यसअघि कांग्रेसको कोटामा कान्ता रिजाललाई अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको थियो। तर उनीमाथि इजरायलका लागि राजदूत भएका बेला लगेका सहयोगीलाई स्वदेश फिर्ता नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि सरकारले राजदूत सिफारिसबाट नाम फिर्ता लिएको थियो।

 

प्रतिक्रिया