पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा विरोध प्रदर्शन

एजेन्सी । पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौंले विरोध प्रदर्शन गरेका छन् । 

पाकिस्तानको राजधानीमा हजारौं मानिसहरू सडकमा उत्रिएका हुन् । खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआईले उनीमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित रहेको भन्दै प्रदर्शन गरेको हो । 

फेब्रुअरीमा विवादित राष्ट्रिय र क्षेत्रीय चुनावपछि पार्टीले पहिलो शक्ति प्रदर्शन गरेको हो । केही ठाउँमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेको र प्रहरीहरूले प्रदर्शनकारीलाइ अश्रुग्यास प्रहार गरेर  गरेको बताइएको छ । 

प्रदर्शनमा सहभागीहरुले एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गरेका छन् ।  
 

प्रतिक्रिया