प्रभुराम शर्मा अवकासमा, सेनाको कमान्ड सम्हाल्दै अशोकराज सिग्देल

काठमाडौं । नेपाली सेनाको ४५ औं प्रधानसेनाति अशोकराज सिग्देलले आज सोमबारबाट कमान्ड सम्हाल्दै छन्  ।  प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । 

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलबाट दज्र्यानी चिन्ह प्राप्त गरेर सिग्देलले आजदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हाल्ने भएका हुन् ।

सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । 

प्रतिक्रिया