मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार साँझ बस्दैछ । 

बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने  तयारी छ ।  परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन् । कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरेकी छन् । 

यस अघि कांग्रेसको कोटाबाट सिफारिस भएकी कान्ता रिजालमाथि गम्भीर आरोप लागेपछि सरकारले उनको नाम फिर्ता लिएको थियो । 
 

प्रतिक्रिया