सिनरलाई युएस ओपनको पहिलो उपाधि

एजेन्सी । विश्व नम्बर एक यानिक सिनरले युएस ओपनको पहिलो उपाधि जितेका छन् । 

अस्ट्रेलियन ओपनमा पहिलो पटक उपाधि जितेका इटालीका सिनरले अमेरिकाका १२औं वरीयताप्राप्त  टेलर फ्रिट्जलाई हराउदै उपाधि हात पारेका हुन् । 

सिनरले फ्रिट्जलाई ६–३, ६–४, ७–५ को सोझो सेटमा पराजित गरेका हुन । चोटका विच सिनरले सेमिफाइनलमा बेलायतका ज्याक  ड्रापरलाई पराजित गरेका थिए ।

 महिला एकल तर्फ उपाधि भने यसअघि नै बेलारुसकी आर्यना साबालेन्काले जितिसकेकी छन् ।

प्रतिक्रिया