छोरीको आमा-बुबा बने दीपिका र रणवीर

एजेन्सी ।  भारतीय अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । 

आइतबार बिहान दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको भारतीय सञ्चार माध्यामहरुले जनाएको छ ।  प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । 

गएको फेब्रअरीमा दीपिका र रणवीरले आफूहरु बाबुआमा बन्न लागेको कुरा सार्वजनिक गरेका थिए । शुक्रबार दीपिका दर्शन गर्नका लागि सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।

दीपिका र रणवीरले सन् २०१८ मा  प्रेम विवाह गरेका थिए ।

प्रतिक्रिया