युक्रेनले चाँडो शान्ति स्थापनाका लागि कूटनीतिक प्रयास गर्नुपर्छ: जर्मन चान्सलर ओलाफ सोल्स

एजेन्सी । जर्मन चान्सलर ओलाफ सोल्सले आइतबार युक्रेनमा अझ चाँडो शान्ति हासिल गर्न कूटनीतिक प्रयासलाई तीव्रता दिन आह्वान गरेका छन् । 

सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणबाट सुरु भएको द्वन्द्वका कारण सार्वजनिक थकानका सङ्केतहरूका बीचमा बढ्दो घरेलु दबाबमा रहनुभएका सोल्सको उक्त भनाइ आएको हो । 

चान्सलरले युद्धको अवस्थाबाट बाहिर निस्कन चाँडै शान्ति हासिल गर्न भन्नेबारेमा छलफल गर्ने समय आएको उनले बताएका हुन । अमेरिकापछि युक्रेनलाई सहयोग गर्ने दोस्रो ठूलो मुलुक जर्मनी हो र सोल्सको सरकारले आवश्यक भएसम्म युक्रेनलाई समर्थन जारी राख्ने बारम्बार बताउँदै आएको छ । 

सोल्सले युद्ध समाप्त गर्नका लागि रुसले आगामी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने बताए । किभले पनि यस वर्ष दोस्रो शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य बनाइरहेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जुलाईको अन्त्यमा रुसलाई सार्थक परिणाम प्राप्त गर्न सम्मेलनमा उपस्थित हुनुपर्ने बताएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया