सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारियो

प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं । काठमाडौं सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ । 

प्रधानमन्त्री के.पी. ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन् । एक घण्टाबाट घटाएर आधा घण्टा बनाएको जानकारी उनले दिएका छन् । 

खाजा खाने समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ । सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको भन्दै प्रधानमन्त्री ओलीले खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु नहुने स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए ‘हेलो सरकार’मार्फत उजुरी दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया