आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेकाे बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछिन्।

आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

 

प्रतिक्रिया