पूर्व राजा ज्ञानेन्द्रले भारत,राजनीतिक दल र आफूबीच भएको संझौता लुकाए : धवल शम्शेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल समशेर राणाले पूर्व राजा,भारत र नेपालका राजनीतिक दलहरुबीच भएको  त्रिपक्षीय संझौता ज्ञानेन्द्र शाहले आफूहरुलाई नदेखाएको दाबी गरेका छन् । 

एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम बिशेष सम्वादमा प्र्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै महामन्त्री राणाले त्रिपक्षीय संझौतापछि राजनीतिक दलहरुले पूर्व राजा ज्ञानेन्द्रलाई धोखा दिएको र ज्ञानेन्द्रले पनि त्यो संझौता लुकाएको बताए । यसैगरी एक प्रश्नको उत्तरमा महामन्त्री राणाले नेपालमा राजसंस्था पुनः स्थापना गर्ने गरी राप्रपाले आन्दोलन शुरु गर्ने पनि स्पष्ट पारे । 

पाण्डेसँग गरिएको बिस्तृत कुराकानी आज आईतबार राति ९ बजे एभिन्यूज खबर टेलिभिजनमा प्रसारण हुनेछ ।  
 

प्रतिक्रिया