बि.पी. जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

चितवन ।  नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पु¥याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई बिशिष्ट सम्मान गर्न लागिएको हो ।

बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका  १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए ।

पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

यसअघि नेपाली कांग्रेस चितवनले गत वर्ष बिपी जयन्तीमा कांग्रेस नेता डा शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपी जयन्तीका अवसरमा पार्टी सभापति शेरवहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको हो ।

खनालले भने, “पार्टीमा बिशिष्ठ योगदान पु¥याएकाहरुलाई सम्मान गरेर  ऊर्जा थप्ने काम गरेका छौँ ।”

रासस

प्रतिक्रिया