माओवादी नेता वर्षमान पुन स्वास्थ्य उपचारका चीन प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन नियमित स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीमगरसहित पुन आइतवार दिउँसो  चीन प्रस्थान गरेका हुन् । 

एअर चाइनाको उडान नम्बर सिए ४३८ मार्फत उनीहरु १२ बजेर ५ मिनेटमा चीन प्रस्थान गरेका हुन्  । वंशाणुगत जण्डिसको समस्या झेलिरहेका पुनले यसअघि सेन्चन शहरको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । उनी फलोअप उपचारका निम्ति त्यता गएका हुन्  ।  
 

प्रतिक्रिया