प्यालेस्टाइन नियन्त्रित पश्चिम किनारामा इजरायली सेनाद्वारा क्षेप्यास्त्र आक्रमण

इजरायली सेनाले प्यालेस्टाइन नियन्त्रित पश्चिम किनारामा गरेको हवाई आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । पश्चिमकिनाराको जेनिन शहरमा ईजरालयली सेनाले हेलिकप्टरबाट क्षेप्यास्त्र प्रहार गरेको हो । आक्रमणमा दश जना भन्दा धेरै घाईते भएका छन । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । आज बिहानै पनि इजरायली सेनाले थुप्रै घर र सार्वजनिक स्थललाई निशाना बनाएको प्यालेस्टिनी रेडक्रसका निर्देशक महमुद अलसादी जानकारी दिएका छन । आक्रमण गरिएको जेनिनको क्षेत्र शरणार्थीहरुको बसोबास भएको इलाका भएको प्यालेस्टाइनले जनाएको छ । शरणार्थी इलाकामा इस्लामिक जिहादी समूह सक्रिय रहेकाले उनीहरुविरुद्ध आक्रमण गरिएको इजरायलले दाबी गरेको छ । सो समूहमाथि आफ्नो सेनामाथि आक्रमणको आरोप समेत इजरायलले लगाउदै आएको छ ।

प्रतिक्रिया