पारालिम्पिक पदक विजेता पलेशालाई कांग्रेसले गर्यो पाँच लाख नगदसहित सम्मान

काठमाडौं। नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा कास्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । आइतबार ललिपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले पलेशा र पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको हो । सभापति शेरबहादुर देउवाले पलेशालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र पुरुषतर्फ नेपालको लागि चुनौती प्रस्तुत गरेका भरत सिंह महतरालाई ५० हजार रुपैयाँ पनि दिइएको छ ।
 

पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५(८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन ।

प्रतिक्रिया