राज्यमन्त्री कान्छारामलाई जिल्ला जान लाग्दा आफ्नै पार्टीबाटै कार्यक्रम अवरोधको चेतावनी

रामेछाप । ऊर्जा राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) मन्त्री बनेपछि पहिलो पटक उत्साहपूर्वक जिल्ला जान लाग्दा अवरोध हुने देखिएको छ । जिल्ला कार्य समितिका सचिव दीपक खड्काले आइतबार विज्ञप्ति जारी गर्दै सभापति कान्छारामको विधानविपरीत तानाशाही प्रवृत्ति बढिरहेकाले त्यसकाविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

सचिव खड्काले पार्टीको बैठक बसेर विवाद समाधान नगरी एकलौटीरूपमा भदौ २४ गते बीपी जयन्ती कार्यक्रम आयोजना गरेको भन्दै सो कार्यक्रममा अवरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

राज्यमन्त्रीको कार्यक्रममा विद्रोहका नारा लगाउँदै विरोध कार्यक्रमहरू सञ्चालन गरिने भन्दै अर्को पक्षले आव्हान गरेको छ ।कांग्रेस रामेछापमा लामो समयदेखि विवाद छ । यसअघि नेताहरूमाथि कुटपिट समेत भएको थियो ।

कांग्रेस जिल्ला कार्य समितिका अध्यक्ष समेत रहेका राज्यमन्त्री कान्छारामले पार्टीमा सल्लाह नगरी एकलौटी गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध गर्ने चेतावनी दिएका हुन् ।

 

 
 

 

प्रतिक्रिया