सुन्दरीजलमा महिलाको हत्या आरोपमा दुइजना पक्राउ

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक महिलाको हत्या आरोपमा दुइजना पक्राउ भएका छन् ।  गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा ढुङ्गाको चेपमा हत्या गरिएको अवस्थामा एक युवतीको शव गत बिहीबार भेटिएको थियो । घटनामा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ परेका छन् ।मृतकका परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।

घटनामा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेका छन् ।
प्रहरीले प्रेम सम्बन्धमा रहेका व्यक्तिले हत्या गरेको हुनसक्ने प्रारम्भिक आकलन गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  

प्रतिक्रिया