जोर्डनबाट पश्चिमी किनारामा छिरेका बन्दुकधारीको आक्रमणमा ३ जना इजरायलीको मृत्यु

एजेन्सी । जोर्डन र पश्चिमी किनाराको सिमानामा भएको आक्रमणमा परी तीन जनाको मृत्यु भएको इजरायली अधिकारीहरुले बताएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ) ले एलेनबी ब्रिज क्रसिङमा भएको गोलीकाण्डमा तीन जना इजरायली नागरिकको मृत्यु भएको जनाएको हो ।
आक्रमणकारी जोर्डनतर्फबाट ट्रकमा त्यस क्षेत्रमा प्रवेश गरेको र बाहिर निस्केर गोली चलाएको आइडीएफले जनाएको छ ।

बन्दुकधारीलाई सुरक्षाकर्मीले ’मारिदिएको’ बताइएको छ । पश्चिमी किनारा हाल इजरायलको नियन्त्रणमा रहेको क्षेत्र हो । 
 

प्रतिक्रिया