कोरोनाको बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा कोरोनाको बीमा रकम भुक्तानी माग गर्दै रिट दायर भएको छ । सरकारलाई विपक्षी बनाउँदै नेपाल बीमक संघले आइतबार रिट दायर गरेको हो ।

सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ । 

बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

प्रतिक्रिया