फ्रान्समा नवनियुक्त प्रधानमन्त्रीविरुद्ध लाखौं मानिस सडकमा

एजेन्सी । फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ ।

फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका हुन् । देशभर एक लाख १० हजार जना विरोध प्रदर्शनमा सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

आइतबार पनि देशका एक सय वटा ठाउँमा प्रदर्शनको तयारी छ । प्रदर्शनको मुख्य आयोजक फ्रान्सेली ट्रेड युनियन र वामपन्थी दलहरू बनेका छन् । राष्ट्रपति इम्युनुएल म्याक्रोनले वाम दलका उम्मेदवारलाई प्रधानमन्त्रीमा समर्थन नगरेपछि उनीविरुद्ध पनि प्रदर्शन भइरहेका छन् । 

प्रदर्शन चर्किएपछि प्रधानमन्त्री मिशेल बार्नियरले सरकार गठन गर्न आफू वामपन्थीसहित अन्य दलसँग कुरा गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्समा भएको चुनावमा बामपन्थी दलले सबैभन्दा धेरै सिट जितेको छ । तर दक्षिणपन्थी नेता बार्नियर प्रधानमन्त्री बनेकोमा धेरैजना आक्रोसित छन् । 
 

प्रतिक्रिया