राष्ट्रपति निकोलस मादुरोको आलोचना गर्ने विपक्षी नेताहरुलाई अर्जेन्टाइनी दुतावासले शरण दिएपछि तनाव

एजेन्सी । भेनेजुएलामा राजनीतिक अस्थिरता बढ्दै गएको छ । राष्ट्रपति निकोलस मादुरोको आलोचना गर्ने विपक्षी नेताहरुलाई अर्जेन्टाइनी दुतावासले शरण दिएपछि तनाव थप बढेको छ । 

भेनेजुएलाको राजधानी काराकसमा रहेको अर्जेन्टिनाको दूतावासले राष्ट्रपति मादुरोको विरोध गर्ने ६ जना विपक्षी नेताहरुलाई आश्रय दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

आश्रयको विरोधमा सरकारी सुरक्षा फौजले दुतावासलाई घेरा हालेका छन् । विपक्षी नेताहरुले भेनेजुएलामा आफुहरु मादुरोको घेराबन्दी’मा परेको बताएका छन् । भेनेजुएलाको राष्ट्रपति चुनावको नतिजाका कारण अर्जेन्टिना र भेनेजुएलाबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको समाचारमा उल्लेख छ । 

भेनेजुएलाका राष्ट्रपति मादुरोको लगातार तेस्रो जितलाई अर्जेन्टिनाले मान्यता दिएका छैनन । भेनेजुएलाको विपक्षी दलले आफ्ना नेता एडमन्डो गोन्जालेजले चुनाव जितेको दावी गर्दै आएका छन् ।
 

प्रतिक्रिया