इजरायलमा सरकारको विरोधमा हालसम्मकै ठूलो प्रदर्शन

एजेन्सी । इजरायलमा सरकारको विरोधमा हालसम्मकै ठूलो प्रदर्शन भएको छ । 

राजधानी तेल अभिभसहितका स्थानमा करिब ७ लाख ५० हजार जनाले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई इजरायलको इतिहासकै सबैभन्दा ठूलो विरोधमध्ये एक मानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

हमासको कब्जामा रहेका बन्धकलाई घर फिर्ता ल्याउन सरकार असफल भएपछि प्रदर्शन भएको हो । उता लेबनानी प्रधानमन्त्री नजिब मिकातीले शनिबार दक्षिण लेबनानमा भएको आक्रमणमा तीन जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि इजरायलको ‘मानव मूल्यमान्यता’ को ठाडो उल्लङ्घन भएको भन्दै निन्दा गरेका छन् । 

शनिबार इजरायलको आक्रमणमा परी कम्तीमा ३१ जना प्यालेस्टिनी मारिएका छन् । गाजाभर भएका इजरायली आक्रमणमा उनीहरुको मृत्यु भएको हो । इजरायलको गाजा क्षेत्रको युद्धमा ४० हजार ९ सय ३९ जनाको मृत्यु भएको छ भने ९४ हजार ६ सय १६ जना घाइते भएका छन् ।

प्रतिक्रिया