श्वेत श्रमिकको मर्म डेमोक्रेटिक पार्टीले बुझ्दैन् : डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले ग्रामिण श्वेत श्रमिकहरुको मर्म अनुसार काम गर्ने बताएका छन् । 

चुनावी नतिजाका हिसाबले महत्वपुर्ण मानिएको विस्कनसिन राज्यमा एक सभालाइ सम्बोधन गर्दै उनले आफ्नो महत्वपुर्ण मुद्दा श्वेत श्रमिक भएको बताएका हुन् । पूर्वराष्ट्रपति ट्रम्पले ग्रामिण क्षेत्रका श्वेत श्रमिक हरुको मर्म आफुले राम्रो सँग बुझेको दाबी गरेका छन् ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले आप्रवासीहरुले अमेरिकीहरुको जागिर खोसिरहेको आरोप लगाउनुका साथै आफु निर्वाचित भएमा आप्रवासनमा कडाइ गर्ने दोहोर्‍याए । ट्रम्पले श्वेत श्रमिकहरुको मुद्धा डेमोक्र्याट र कमला ह्यारिसले नबुझ्ने र नउठाउने दावी समेत गरे । 

अमेरिकामा नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले डेमोक्र्याटिक पार्टीका उम्मेदवार ह्यारिससँग प्रतिष्पर्धा गर्दैछन । 
 

प्रतिक्रिया