भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्यु

एजेन्सी । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा ५ जनाको मृत्यु भएको छ । 

युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा ५ जनाको मृत्यु भएको हो । घटनामा एक जनाको सुतिरहेको बेला गोली हानेर हत्या गरिएको र अन्य चारजना 
त्यसपछि भएको गोली हानाहानको क्रममा मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । 

मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढ्दै आएको हो । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ । 

विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो ।  

मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण हुँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको भारती सञ्चार माध्यमले जनाएका छन् । 
 

प्रतिक्रिया