टेकुको ऋषेश्वरमा सप्‍तर्षिको पूजा गर्न भक्तजनको घुइँचो (तस्बिरहरु)

काठमाडौं । आज ऋषिपञ्चमी पर्व । नेपाली नारीहरूले सप्तऋषिको पूजा गरी मनाउँदै छन् । 

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् । 

आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहिआएको छ । यस अवसरमा आज देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ ।

प्रतिक्रिया