राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात,खोजी जारी

चितवन । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ ।

शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आइतबारसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । 

प्रहरी निरीक्षक केसीले भने, “नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।”

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आइतबार पनि जारी रहेको उनले जनकारी दिए । 
रासस

प्रतिक्रिया