पर्सामा जापनिज इन्सेफ्लाइटीसबाट १ जनाको मृत्यु

वीरगन्ज । पर्सामा जापनिज इन्सेफ्लाइटीसबाट १ जनाको मृत्यु भएको छ । दुई जनामा जापनिज इन्सेफ्लाइटीस संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । 

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका ३० वर्षिय युवक रहेका छन् । गत भदौ ८ गते जापनिज इन्सेफुलाइटी रोगको संक्रमण पुष्टि भएका ती युवकको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा केही दिन अघि मृत्यु भएको हो । 

यस्तै, भदौं ५ गते संक्रमण पुष्टि भएकी पर्साकै पटेर्वा सुगौली गाँउपालिका ३ की तीन वर्षिया बालिकाको भने हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा जिल्लामा गत वर्ष पनि जापनिज इन्सेफ्लाइटीसका २ जना बिरामी भेटिएका थिए । उनिहरु दुवै जना उपचार पश्चात निको भएका थिए । 
 

प्रतिक्रिया