चीन भ्रमणमा आर्थिक सहयोग बृद्धि गर्न आग्रह गरें: उपप्रधानमन्त्री श्रेष्ठ

 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणका क्रममा आफुले आर्थिक विकास र समृद्धिका लागि आर्थिक सहयोग वृद्धि गर्न अनुरोध गरेको जानकारी दिएका छन । पाँच दिने भ्रमण पूरा गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफ्नो प्रस्तावलाई चिनिया पक्षले सकारात्मक रुपमा लिएको बताए । मन्त्री श्रेष्ठले चिनियाँ अधिकारीहरुले बेल्ट एण्ड रोड इनिसिएटिभ‘ बीआरआई’ परियोजनाबाट लाभ लिने के कस्तो तयारी छ भनेर चासो राखेको पनि जानकारी दिए । 
उपप्रधानमन्त्री श्रेष्ठले चिनिया उपप्रधानमन्त्री ह लि फङ लगायतसँग भएको भेटमा बीआरआईलाई अन्तिम रुप दिएपछि ठोस प्रोजेक्ट र मोडालिटीबारे छलफल गरेर टुंगो लगाउने जानकारी गराएको बताए । बीआरआईबाट नेपाल लाभान्वित हुनसक्ने आशा लिएको उनले चीनलाई अवगत गराएका हुन । द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास,व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको उनको भनाइ छ । मन्त्री श्रेष्ठले छेन्दु–काठमाडौं उडान सातै दिन गर्न र छेन्दु–पोखरा र छेन्दु–भैरहवामा व्यवसायिक उडानका लागि पनि प्रस्ताव गरेको जानकारी दिए । व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको उनको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए ।। 
 

प्रतिक्रिया