अर्थ समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । 

सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ । 

प्रतिक्रिया