केन्याली प्रहरीद्वारा विद्यालयको छात्रावासमा भएको आगलागीबारे आफ्नो अनुसन्धान तीव्र

एजेन्सी । केन्याली प्रहरीले शनिबार प्राइम विद्यालयको छात्रावासमा भएको आगलागीको घटनामा आफ्नो अनुसन्धान तीव्र पारेको बताएको छ ।

आगलागीमा परी १८ जना युवकको ज्यान गएको छ भने पीडित परिवारहरूले घटनाको कारणको पर्खाइमा छन् । यो हाम्रो कल्पनाभन्दा बाहिरको विपत्ति हो”,सरकारी प्रवक्ता इसाक मवाराले पत्रकार सम्मेलन गरेर भनेका छन् ।

न्यारीको केन्द्रीय काउन्टीको विद्यालयमा भएको आगलागीमा १८ बालबालिकाको मृत्यु भएको छ, जुन राष्ट्रपति विलियम रुटोले शुक्रबार दिएको अघिल्लो सङ्ख्या १७ भन्दा बढी हो ।यति धेरै होनहार केन्याली युवागुमाउनु राष्ट्रको लागि साँच्चै विनाशकारी छ”,मवाराले बताए ।

उपराष्ट्रपति रिगाथी गचागुवाले शुक्रबार भएको आगलागीमा परेका ७० युवाको अझै कुनै जानकारी नभएको बताए ।

आजबाट हामीले डीएनए परीक्षणको प्रक्रिया सुरु गरेका छौँ”,केन्याका अनुसन्धानकर्ता प्रमुख मार्टिन न्युगुटोले बताए ।

प्रतिक्रिया