एक हप्तामा ३० हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

एजेन्सी । एक हप्तामा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान, इरान र टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले भने , “स्वदेश फर्किएकामध्ये करिब २५ सय पाकिस्तान, करिब १९० टर्कीका र बाँकी इरानबाट फिर्ता आएका हुन् ।”

यसबाहेक, गत वर्ष कुल एक लाख ७८ हजार अफगान शरणार्थी विदेशबाट फर्किएका मन्त्रालयले जनाएको छ ।

अफगानस्तानको कार्यवाहक सरकारले अफगानी नागरिकलाई विदेशमा शरणार्थीको रूपमा बस्न छोडेर स्वदेश फर्कन र मातृभूमिको पुनर्निर्माणमा योगदान दिन बारम्बार आह्वान गर्दै आएको छ । 
 

प्रतिक्रिया