नेपाल २० जना बिचौलियाले चलाएका छन्, नाम भन्दिन मेरो ज्यान जान्छः अमरेश सिंह

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेश कुमार सिंहले नेपाल २० जना बिचौलियाहरुले चलाएको दाबी गरेका छन् । 

सांसद सिंहले ती बिचौलियाहरुको नाम सार्वजनिक गर्दा आफ्नो ज्यान समेत जान सक्ने भन्दै नाम सार्वजनिक भने नगर्ने जिकिर गरे । एभिन्यूज खबर टेलिभिजनको विशेष संवाद प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै सांसद सिंहले राजनीतिक नियुक्तिमा नेपाली कांग्रेसले चरम व्यापारीकरण गरेको आरोप समेत लगाएका छन् ।  उनले बिचौलियाहरुले नेपाली कांग्रेस कब्जा गरेको दाबी पनि गरे । कांग्रेसको गतिविधि देख्दा लाज पनि आफै लजाउने सिंहको टिप्पणी छ ।  

एक प्रश्नको उत्तरमा नेता सिंहले कांग्रेसमा  चार प्रकारको प्रवृति हावी रहेको बताए । उनले कांग्रेसमा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा राष्ट्रिय भाउजु भएको भनेर ब्यङग्य गरे ।  छोराको बिहेमा आरजुलाई नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिले १६ वटा खसी र लाखौंको सुट पठाएको पनि सिंहले दाबी गरे ।

त्यसैगरी सांसद सिंहले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि देश र जनताका लागि कुनै काम नगरेका, तर संचार माध्यममा हल्लाखल्ला मात्रै गर्ने गरेका बताए । सिंहसँगको बिस्तृत कुराकानी आज शनिबार राती ८ बजे एभिन्यूज खबर टेलिभिजनमा प्रसारण हुनेछ ।  

प्रतिक्रिया