चलचित्रकाे प्रिमियरमा सहभागी हुन नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी  शनिबार दिउँसो नेपाल आइपुगेका छन् ।

 चलचित्र  ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी आज काठमाडौं आइपुगेका हुन् । निर्माण पक्षले चलचित्रको प्रिमियर भोली आइतबार  लागि राखेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आज चलचित्र  ‘शाम्बाला’का निर्देशक मीन भामले स्वागत गरेका हुन् । 

 विमानस्थलमा ओर्लिने बित्तिकै नेपालीहरु सिद्दीकीसँग सेल्फी खिच्न र अटोग्राफ लिन घेरिएकना थिए । ‘शाम्बाला’  नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ । 

प्रतिक्रिया