मिथिलामा चौरचन पर्वमा चन्द्रमालाई पूँजा गरि मनाउँदै


शिव दयाल यादब

सिरहा। मिथिलाका ठूला पर्व मध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूँजा गर्ने परम्परा रहेको छ ।

भगवान् चन्द्रलाई अर्पण गर्नका लागि दही, खीर, पुरी, फलफूल, मिष्ठान्न, खजुर, पुडुकीया सहितका सामाग्रीहरू दिनभरि तयार पार्ने र साँझ अर्पण गर्ने प्रचलन रहेको छ । 

मिथिलामा सूर्यको मात्र होइन मानव सहित सम्पूर्ण जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूँजा गर्ने चलन रहेको छ । व्रतीहरूले कुनै प्रकारको मिथ्या आरोप नलागोस् भन्ने कामना सहित पर्व गर्ने चलन रहेको पन्डित रोशन मिश्र बताउँछन् । उनले,यसमा घरका मूल महिलाले दिनभरी निराहार बसेर साँझपख भगवान् चन्द्रमाको विशेष पूजापाठ सहित प्रसाद सामाग्रीहरू हातमा लिएर चन्द्रमाको दर्शन गरेर पर्व मनाउने चलन रहेको बताए ।
यस दिन चन्द्रमाको खाली हातले दर्शन गर्न नहुने मान्यता रहेकाले घरका हरेक सदस्यहरुले हातमा दशी, फलफूल, पक्वान सहितको डाला लिएर दर्शन गर्ने चलन रहेको छ । यस पर्वमा प्रयोग गरिने सामाग्रीहरू कृषि उत्पादनसँग सम्बन्धित रहेको हुन्छन ।

परिवार जनको कल्याण, सुख शान्ति तथा समृद्धिको कामना सहित प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्थी तिथिका दिन चौरचन पर्व मनाउने चलन रहेको छ । यस पटक तिथि घटबढका कारणले भोलि तृतीया तिथि उपरान्त साँझ तीर चतुर्थी तिथि परेकाले चौरचन पर्व मनाइरहेका  हुन् ।
 

प्रतिक्रिया