समयमा बर्सात नहुँद रोपाइँ १० प्रतिशतले कमी

समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको छ । यो वर्षको असार १५ गतेसम्म करिब १५ प्रतिशतको हाराहारी मात्र रोपाइँ भएको अनुमान छ । पोहोर असार १५ मा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले औपचारिक रूपमा सार्वजनिक गरेको तथ्यांक अनुसार गत बुधबारसम्म ११ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको थियो । दुई दिनको अवधिमा असार १५ बढेर करिब १५ प्रतिशत हाराहारीमा पुगेको अनुमान छ । समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको हो । रोपाइँ कम भएकाले यसको प्रभाव उत्पादनमा पर्न सक्ने अनुमान गरिएको छ । यो वर्ष कम वर्षा हुने अनुमान गरिएको छ । बर्षा कम हुँदा धान आयात बढने अनुमान छ । एकातर्फ समयमा रोपाइँ नहुनु र अर्कोतर्फ किसानलाई उन्नत जातको धानको बिउ, समयमा रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको अभावका कारण पनि उत्पादनमा प्रभाव पर्ने देखिएको छ । अहिले मुलुकभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

प्रतिक्रिया