नेपालस्थित पाकिस्तानी दूतावासद्वारा रक्षा दिवसको अवसरमा बिशेष कार्यक्रम आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो देशको ५९ औं  औं रक्षा दिवसको काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । 

सो अवसरमा प्रमुख अतिथिको रुपमा नेपाली सेनाका निमित्त प्रधानसेनापति अशोक राज सिग्देल रहेका थिए । प्रमुख अतिथिको रुपमा आफ्नो मन्तब्यमा निमित्त प्रधान सेनापति सिग्देलले  नेपाल र पाकिस्तानबीच आर्थिक, व्यावसायिक, शिक्षा,प्राविधिक सहयोगका साथै सैन्य लगायतका बहुपक्षीय द्विपक्षीय सम्बन्ध रहेको बताए । उनले विशेषगरी संकटमा पाकिस्तानले दिएको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ रुपले अघि बढ्ने विश्वास ब्यक्त गरे ।

 सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत  अबरार एच हाश्मीले आफ्नो मन्तव्यमा रक्षा दिवसको महत्वबारे प्रस्ट्याएका थिए ।  

हाश्मीले  पाकिस्तान दक्षिण एशिया क्षेत्रमा शान्ति र स्थायित्वको लागि आफ्नो प्रतिबद्धतामा अडिग रहेको  र आतंकवाद विरुद्धको विश्वव्यापी लडाई र संयुक्त राष्ट्र शान्ति मिसनहरूमा पाकिस्तानले  महत्वपूर्ण भूमिका खेलेको बताए ।  तर चुनौतीहरूको सामना गर्दा पाकिस्तानले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतामा कहिल्यै सम्झौता नगर्ने हाश्मीको भनाई थियो । 

यसैगरी नेपालस्थित पाकिस्तानमा रक्षा सहचारी कर्णेल मुहम्मद अली अल्वीले आफनो मन्तब्यमा पाकिस्तानको रक्षा र शहीद दिवसको महत्त्व र पाकिस्तानको रक्षा र विश्व शान्तिको लागि पाकिस्तान सशस्त्र बल र कानून प्रवर्तन एजेन्सीहरूको योगदानबारे प्रकाश पारे।

उनले यस क्षेत्रमा शान्ति र स्थायित्व हासिल गर्ने साझा दृष्टिकोणबाट निर्देशित दुई देशबीचको बलियो सैन्य सम्बन्धलाई पनि प्रकाश पारे। कार्यक्रममा उच्चस्तरीय नेपाली सैनिक तथा निजामती अधिकारीहरु, राजदूतहरु, पूर्व प्रधानसेनापतिहरु, शिक्षाविदहरु, कूटनीतिक नियोगका  सदस्यहरु, रक्षा सहचारीहरु, संयुक्त राष्ट्रसंघीय निकायहरु,सञ्चारकर्मीहरु र पाकिस्तानी समुदायका सदस्यहरु सहित सेवानिवृत्त वरिष्ठ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाकिस्तानको सशस्त्र सेना, रक्षा उत्पादन र पाकिस्तानको संस्कृतिको बारेमा वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। भारतसँग दोस्रो युद्ध पूरा गरेको दिन सेप्टेम्बर ६ तारिकमा प्रत्येक वर्ष पाकिस्तानले रक्षा दिवस मनाउँने गर्छ ।

प्रतिक्रिया