स्कटल्याण्डविरुद्धको खेलमा अस्ट्रेलियाको जित

काठमाडौं । स्कटल्याण्डसँगको टी–२० श्रृङखला अस्ट्रेलियाले जितेको छ । तीन खेलको श्रृङखला अस्ट्रेलियाले एक खेल अगाडी नै जितेको हो । घरेलु टोलीलाई पहिलो खेलमा ७ विकेटले हराएको अस्ट्रेलिया शुक्रबार भएको दोस्रो खेलमा ७० रनले विजयी भयो । 

अस्ट्रेलियाले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १६ ओभर ४ बलमा एक सय २६ रनमा अलआउट भयो । टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । 

यो खेलमा अस्ट्रेलियाका लागि विकेटकिपर जोस इङ्ग्लिसले ४९ बलमा एक सय तीन रन जोडे । ४३ बलमा शतक बनाएर उनी अस्ट्रेलियाका लागि टी–२० मा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी बनेका छन् । 

तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
 

प्रतिक्रिया